रामेछाप अस्पतालमा पहिलो पटक एचडीयू वेड स्थापना
१ जेठ, रामेछाप ।
रामेछापका कोरोना संक्रमितको उपचारमा सहज होस भनेर बागमती प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल रामेछापमा एचडीयू ९हाई डिपेन्डेन्सी युनिट० वेड स्थापना गरिएको छ । जिल्ला अस्पताल रामेछापमा आईसीयू र भेन्टिलेरको नहुँदा संक्रमितको उपचार गर्न कठिन हुँदै आएको बेला पाँच वेडको एचडीयू स्थापना गरिएको हो ।
एचडीयू वेड स्थापना भएपछि रामेछापका कोरोना संक्रमितलाई केही भए पनि राहत भएको छ । जिल्ला अस्पताल रामेछापमा पहिलो पटक पाँच वटा एचडीयू बेड स्थापना गरिएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको भएको पाँच वटा एचडीयू वेड स्थापना गरिएको हो ।
जिल्ला अस्पताल रामेछापका सिनियर अहेव (अधिकृत) दीपेन्द्र श्रेष्ठले एचडीयू वेड स्थापना भएपछि कोरोना संक्रमित विरामीहरुको उपचारमा थप सहजता रामेछाप न्युजलाई बताए ।उनका अनुसार कोभिड अस्पतालमा हाल पाँच एचडीयू बेड र १० वटा आइसोलेसन वड तयार गरिएको छ । तयार पारिएको सबै वेडमा अक्सिजन राखिएको छ ।
रामेछापका कुनै पनि अस्पतालमा आइसीयू र भेन्टिलेर नहुँदा शुक्रवार बिहान मात्र कोरोना संक्रमित एक जनाको मृत्यु भएको थियो ।
जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले आइसीयू वेड नै स्थापना गर्न माग गरेपनि विशषेज्ञ डाक्टर चाहिने भएकाले तत्काल सम्भव नभएको बताए । उनले भने,‘अस्पतालमा आइसीयू र भेन्टिलेर राख्नु पर्छ भनेर पहल गरिरहेका छौं ।’