रामेछापमा के गर्दैछ जिल्ला समन्वय समिति ?



२ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा आइसीयू र भेन्टिलेटर नहुँदा उपचार नपाएर कोरोना संक्रमितहरुले ज्यान गुमाइरहेका छन् । जिल्लामा आइसीयू र भेन्टिलेर नरहेको र राजधानी काठमाडौंं लगायतका अस्पतालमा लैजान वेड नै नभएको कारण संक्रमितहरु थप चिन्तत भएका छन् ।

कोरोनाको दोस्रो लहर अन्तर्गत मन्थली प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा एक/एक  जना संक्रमितको मृत्यु भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल रामेछापमा पाँच वेडको एचडीयू वेड स्थापना भएको छ । तर आइसीयू र भेन्टिलर भने तत्काल स्थापना नहुने भएपछि जिल्लाका कोरोना संक्रमितलाई पिरलो थपिएको छ ।

रामेछाप जिल्लामा अस्पताल स्थापना भएको २५ बर्ष भन्दा बढी समय वितिसक्दा समेत जिल्ला अस्पतालमा विज्ञषेज्ञ डाक्टरको साथै आइसीयू र भेन्टिलेटर स्थापना हुन सकेको छैन् । आइसीयू स्थापना गर्नको लागि जनप्रतिनिधि र राजनीतिक नेतृत्वको ध्यान अझै पुग्न सकेको छैन् ।
जिल्लाभित्र कोरोना संक्रमित बढिरहेका छन् । तर गम्भीर बिरामीको लागि उपचार गर्ने आइसीयू नहुँदा कोरोना संक्रमित भगवान भरोसामा छन् ।

जिल्लाको आठ वटै स्थानीय तहलाई समन्वय गर्ने जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का भने आफूले सक्दो समन्वय गरिरहेको बताउछन् ।यसअघि पिसिआर मेसिन खारिद गर्ने कुरा उठेपछि जनशक्ति पर्याप्त नभएको भन्दै निर्णय गर्न नसकिएको बताउदै खडकाले अक्सिजन प्लाट स्थापना गर्नको लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको बताए ।

गत बर्ष नै संघीय सांसद र प्रदेश सादसहरुसँग जिसस प्रमुख खडकाले समन्वय गरेर बजेट विनियोजन भूमिका खेल्न सक्नुभएको थिएन । जिल्लामा पिसिआरको रिपोर्ट आउन तीनदेखि पाँच दिन कुर्नुपर्ने अवस्था छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा जिल्ला अस्पताल रामेछापमा पिसिआर मेसिन स्थापना गर्ने निर्णय भएको छ । तर मेसिन आउन भने अझै केही समय लाग्ने भएको छ ।

जिल्ला अस्पताल रामेछापले अस्पताल परिसर वा सदरमुकाम मन्थलीमा तत्कालै अक्सिजन प्लान्ट राख्ने निर्णय गरेको छ । जिल्ला अस्पालको निर्णय अनुसार आफूहरुले पनि प्रदेश सरकारको सामाजिक मन्त्रालयसँग माग गरेको खडकाले बताए ।

प्रतिक्रिया दिनुहोस्