यी हुन रामेछापमा कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्स (नाम र नम्बरसहित)
६ जेठ, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लाभित्र आइसोलेसन वेडको संख्या थप्नेदेखि पिसिआर परीक्षणको दायरालाई समेत बढाइएको छ । पिसिआर परीक्षणको रिपोर्ट आउन ढिलाई भएपछि इण्टिजीन किटको प्रयोगलाई बढाइएको छ । हिजो मात्र एमालेका नेता रत्न गौतमले आठवटै स्थानीय तहलाई गरी एक हजार इण्टिजीन किट सहयोग गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र रहेका १७ वटा एम्बुलेन्सलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्स बनाएको छ । जिल्ला भित्रका कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजानको लागि उक्त कोभिड एम्बुलेन्स प्रयोग हुनेछ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले स्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरेर जिल्लामा सञ्चालित १९ वटा एम्बुलेन्सलाई कोभिड एम्बुलेन्स बनाइएको बताए । स्वास्थ्य कार्यालयको अनुसार हाल जिल्लामा २९ वटा एम्बुलेन्स रहेका छन् । ती मध्ये केही मर्मतकाे क्रममा रहेका छन् ।