रामेछापकाका खडगीको कोरोना संक्रमणबाट निधन
६ जेठ, काठमाडौं ।
रामेछापका थप एक जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । केही दिन अघि कोरोना संक्रमित भएका रामेछाप नगरपालिका–९ ल्याङल्याङका ३४ बर्षिय सुजन खडकीको आज राजधानीकाे एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
नेकपा माओवादी केन्द्र रामेछाप–काठमाडौ-सम्पर्क कमिटीका कोषाध्यक्ष समेत रहेको खडगीको आज उपचारको क्रममा निधन भएको नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङले जानकारी दिए ।