रामेछापमा २७० अक्सिजन सिलिन्डर आवश्यक



९ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँग अक्सिजन सिलिन्डरको माग पनि बढेको छ । हालसम्म जिल्लाभित्र रहेका अस्पतालहरुमा अक्सिजनको अभाव नभएपछि संक्रमितको संख्या दिनहुँ बढदै जादा अपुग हुने देखिएको हो ।

रामेछापका आठ वटा स्थानीय तहमा सञ्चालित र निजी क्षेत्रबाट सञ्चालित अस्पतालसहित हाल साना ठूलो गरी १ सय ६१ वटा अक्सिजन सिलिन्डर रहेको छ । कोरोना संक्रमित गम्भीर बिरामीलाई अनिवार्य रुपमा अक्सिजन दिनुपर्ने भएको कारणले यस पटक अक्सिजनको माग बढदो क्रममा रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिृकत भुवन थापाले रामेछाप न्युजलाई बताए ।

उनका अनुसार रामेछाप जिल्लाको लागि अझै २ सय ७० वटा अक्सिजन सिलिन्डर अपुग छ । हाल जिल्ला अस्पताल रामेछापमा ५५ वटा, तामाकोसी अस्पताल मन्थलीमा साना ठूलो गरेर ३२ वटा अक्सिजन सिलिन्डर रहेको छ ।

अन्य स्थानीय तहमा सञ्चालित कोभिड अस्पतालमा भने सीमित मात्र सिलिन्डिर रहेको छ । जिल्लाभित्र अक्सिजन प्लान्ट नहुँदा अक्सिजन भर्नको लागि काभ्रे र काठमाडौंमा नपाइदा विटारनगर र ढल्केबरसम्म जानु पर्ने बाँध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्