गोकुलगंगा गाउँपालिकाको सबै वडामा कोरोना परीक्षण गर्ने,कहाँ कहिले ? (सूचनासहित)
९ जेठ, रामेछाप ।
कोरोना संक्रमितको संख्या बढेसँगै गोकुलगंगा गाउँपालिकाले वडावडामै पुगेर कोरोना पत्ता लगाउने किट (एण्टिजीन)बाट परीक्षण गर्ने निर्णय गरेको छ । गाउँपालिकाले भोलीबाट जेठ १२ गतेसम्म छ वटै वडामा एण्टिजीनबाट परीक्षण गर्ने निर्णय गरेको हो ।
उक्त किटबाट आधा घण्टामै कोरोना भए/नभएको पत्ता लगाउन सकिनेछ । गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारद्धारा जारी विज्ञप्तीमा प्रत्येक वडामा २० देखि ३० जनाको एण्टिीन परीक्षण गर्न लागेको बताए ।
उनले कोरोना नियन्त्रण र रोकथामको लागि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका नागरिकको परीक्षण गरिने बताए । अध्यक्ष सुनुवारले गाउँपालिकाको सबै ध्यान कोरोना नियन्त्रण र रोकथामको लागि रहेको बताउदै भएको स्रोत र साधनको अधिकतम प्रयोग गरिएको रामेछाप न्युजलाई बताए ।