रामेछापको गाउँगाउँमा फैलियो कोरोना, कुन स्थानीय तहमा कति संक्रमित ?
११ जेठ, रामेछाप ।
कोरोना संक्रमणको दोस्रो लहर रामेछापको आठवटै स्थानीय तहमा फैलिएको छ । रामेछापको आठवटै स्थनीय तहमा कोरोना संक्रमण फैलिने क्रम तीब्र गतिमा अगाडि बढेको छ ।
यसअघि कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि स्थानीय तहहरुले पूर्व तयारी गरेको कारण रामेछापमा ठूलो संख्यामा संक्रमण फैलिन पाएको थिएन । तर यस पटक एकै पटक ह्वातै संक्रमितको संख्या देखापरेपछि स्थानीय तहलाई व्यवस्थापन गर्न कठिन भएको छ । कोरोना संक्रमितको व्यवस्थानमा सीमित स्रोत साधनको बाबजुध पनि स्थानीय तहको संक्रियता बढदो क्रममा रहेको छ ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार दोस्रो लहर अन्तर्गत जिल्लाको आठवटा स्थानीय तह मध्य मन्थली नगरपालिकामा धेरै संक्रमित देखिएका छन् । मन्थली नगरपालिकामा मात्र मात्र हाल १ सय ३८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
त्यसैगरी रामेछाप नरपालिकामा ४३ जना संक्रमित रहेका छन् । जसमध्य दुई जना आइसोलेसनमा रहेका छन् । उमाकुण्ड गाउँपालिकामा २९ जना, खाँडादेवी गाउँपालिकामा ४४ जना, गोकुगंगा गाउँपालिकामा २ जना, दोरम्बा गाउँपालिकामा ९२ जना रहेका छन् । जसमध्ये १० जना आइसोलेसनमा भर्ना गरिएको छ ।
त्यसैगरी लिुख तामाकोसी गाउँपालिकामा ४४ जना, सुनापती गाउँपालिकामा ८२ जना संक्रमित भएका छन् । संक्रमित मध्य गम्भीर बिरामी भएका ११ जनाको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । जनस्वास्थ्य अधिृकत थापाले जिल्लामा संक्रमत ४ सय ६० जना मध्य ३४ जनाको आइसोलेनमा उपचार भइरहेको रामेछाप न्युजलाई बताए ।