सुनापति गाउँपालिकाद्धारा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय
१५ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकाले कोभिड सक्रमित बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई पचास प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले कोभिडका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पचास प्रतिशत भक्ता दिने निर्णय अुनसार गाउँपालिकाले पनि सोही अनुसार भक्ता दिने निर्णय गरेको हो । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठले जोखिममा काम गर्ने स्वास्थ्यकर्मीलाई पचास प्रतिशत भत्ता दिने निर्णय भएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार कोभिड अस्पतालमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले मात्र उक्त भत्ता पाउने छन् ।
सुनापति गाउँपालिकाको बेथानका प्राथमिकत स्वास्थ्य केन्द्रमा हाल डाक्टरसहित पाँच वेडको कोभिड अस्पतालसञ्चालनमा रहेको छ । त्यसैगरी गाउँपालिका वडा नम्बर १ गुन्सीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि हाल आइसोलेसन वेड सञ्चालन गरेर कोभिडका बिरामीहरुको उपचार हुँदै आएको छ ।
एमाले जनताको स्वास्थ्यसँग अत्यन्तै संवेदनशील छः अध्यक्ष श्रेष्ठ
गाउँपालिकाले बेथान र गुन्सीमा सञ्चालित अस्पतालका झण्डै १२ जना स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता पाउने छन् । हाल सुनापति गाउँपालिकामा पाँच वटामा गरी ४५ जना स्वास्थ्यकर्मी कार्यरत छन् । गाउँपालिकामा २७ वटा क्वारेन्टि र ५ वटा आइसोलेसन वेड सञ्चालनमा रहेको छ । गाउँपालिकामा ८१ जना भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।