प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढयो




१५ जेठ, काठमाडौं ।
सरकारले प्रदेश र पालिकालाई दिने अनुदान बढाएको छ । अहिले अर्थमन्त्री विष्णु पौडेलले बजेटको घोषणा गरिरहेका छन् । घोषणा भएको बजेटमा समानीकरण अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब ९४ करोड र पालिकालाई ९४ अर्ब ५६ करोड रुपैयाँ विनियोजन भएको छ ।

यस्तै ससर्त अनुदानमार्फत प्रदेशलाई ३५ अर्ब ८७ करोड र पालिकालाई एक खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै समपूरक अनुदानतर्फ १२ अर्ब रुपैयाँ ३७ करोड र विशेष अनुदानतर्फ १२ अर्ब ४६ अर्ब रुपैयाँ विनियोजन भएको छ । राजस्व बाँडफाडतर्फ एक खर्ब २६ अर्ब ६९ करोड रुपैयाँ बाँडफाड हुने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्