रामेछापमा आर्थिक बर्ष २०७८/०७९ का लागि ३ अर्ब ५ करोड बजेट, कुन स्थानीय तहमा कति ? (बजेटसहित)



१७ जेठ, काठमाडौं ।
संघीय सरकारले जारी गरेको बजेट अनुसार रामेछापको लागि आर्थिक बर्ष २०७८/०७९ को लागि ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । सरकारले रामेछापको आठ वटा स्थानीय तहको लागि उक्त बजेट विनियोजन गरेको हो । रामेछापमा सबै भन्दा बढी बजेट मन्थली नगरपालिकाको लागि ५८ करोड ५७ लाख रहेको छ भने सबै कम उमाकुण्ड गाउँपालिकाको लागि २९ करोड  ४२ लाख रहेको छ ।

संघीय सरकारले नगरपालिकाको लागि १ अर्ब १८ करोड र गाउँपालिकाहरुको लागि २ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

रामेछापका कुन स्थानीय तहले कति बजेट पाए ? हेर्नुहाेस्.
मन्थली नगरपालिकाः ५८ करोड ५७ लाख
रामेछाप नगरपालिकाः ४३ करोड २७ लाख
उमाकुण्ड गाउँपालिकाः २९ करोड ४२ लाख
खाँडादेवी गाउँपालिकाः ४१ करोड ४८ लाख
गोकुलगंगा गाउँपालिकाः ३२ करोड २१ लाख
दोरम्बा शैलुङ्ग गाउँपालिकाः ३३ करोड ९० लाख
लिखु तामाकोशी गाउँपालिकाः ३५ करोड ३० लाख
सुनापति गाउँपालिकाः ३० करोड ८७ लाख

प्रतिक्रिया दिनुहोस्