कोरोनाबाट रामेछापका प्रसाईको निधन
१९ जेठ, काठमाडौं ।
कोरोना संक्रमणबाट रामेछापका थप एक जना पुरुषकाे निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि केही दिन अघि राजधानीको एक अस्पतालमा भर्ना भएका मन्थली नगरपालिका–७ मुगिटारका सरोज प्रसाईको उपचारको क्रमममा निधन भएको हो । सिन्धुलीको रातामाटामा रहेको वाणिज्य बैंककका शाखा प्रबन्धन समेत रहेका प्रसाईले मन्थलीमा रहेको वाणिज्य बैंकमा समेत काम गरेका थिए ।