संक्रमित बिरामीलाई निको बनाएर घर पठाउदा मन निकै खुसी हुन्छः डा.श्रेष्ठ
२० जेठ, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना संक्रमितिको संख्या दिनदिनै बढदै गएको छ । कोरोनाबाट दोरम्बा गाउँपालिका पनि अछुतो हुन सकेको छैन् । बुधवारसम्मको तथ्याङक अनुसार हालसम्म दोरम्बा गाउँपालिकाभित्र १२ जना संक्रमित रहेका छन् । जसमध्ये तीन जना दोरम्बा प्राथमिक अस्पतालमा र नौ जना होम आइसोलेसनमा रहेका छन् । गाउँपालिकाािभत्र हाालसम्म ७ सय २० जनाको स्वाब परीक्षण गरिएकोमा २ सय ४८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।
दोरम्बा गाउँपालिकाले पूर्व तयारी र सावधानीको कारण समुदायमा संक्रमण फैलिनबाट रोक्न सफल भएको बताएको छ । गाउँपालिकाले अपनाएको जनचेतना कार्यक्रम र स्वाब परीक्षणमा दिएको तीब्रताको कारण संक्रमणको संख्या ठूलो संख्यामा पैmलिन नपाएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान बताउछन । उनले रामेछाप न्युजसँग भने,‘सीमित स्रोत र साधनबीच पनि पिसिआर परीक्षण बढाउन सक्यौ, अहिले ठूलो संख्यामा देखिएको छैन, तर सावधानी अपनाउनु उत्तिकै बढी आवश्यक छ ।’
गाउँपालिकाले कोरोना संक्रमित बिरामीलाई उपचार गर्नको लागि दोरम्बा अस्पतालमा १५ वेडको आइसोलेनसन सञ्चालनमा ल्याएको छ । अहिले अस्पतालमा डाक्टरसहितको सेवाको कारण गम्भीर बाहेकका अन्य संक्रमित बिरामीको उपचार अस्पतालमै भइरहेको छ । अस्पतालमा हाल १५ वटा अक्सिजन सिलिन्डर र पाँच वटा बिजुलीबाट सञ्चालन हुने कन्सल्टेटर रहेको छ ।
अस्पतालका डा. सन्तोष श्रेष्ठले गम्भीर बाहेकका अन्य संक्रमितको अस्पताालमै उपचार भइरहेको बताए । उनले करिब ३४ जना भन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएको बताउदै रामेछाप न्युजसँग भने,‘ बिरामी संक्रमित निको भएर घर फर्किदा मन निकै खुसी हुन्छ ।’
कोरोना संक्रमितको उपचार गर्न सहज भने छैन् । अहिले डा. श्रेष्ठसहित अस्पतालमा संक्रमितको उपचारमा दस जना स्वास्थ्यकर्मी खटिएका छन् । अस्पतालमा भर्ना हुने संक्रमितलाई गाउँपालिकाले निशुल्क रुपमा उपचार गर्ने गरेको छ । गाउँपालिकाले यस बर्षमात्र खरिद गरेर सुविधा सम्पन्न एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।