कोरोनाबाट रामेछापका श्रेष्ठको निधन



२० जेठ, काठमाडौं ।
कोरोनाबाट रामेछापका थप एक जना पुरुषको निधन भएको छ । दोरम्बा सैलुङ गाउँपालिका–५ रजमनटार निवासी राम बहादुर श्रेष्ठको आज उपचारको क्रममा निधन भएको हो । चार दिन अघि श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि दोरम्बा प्राथमिक अस्पतालमा लगिएको थियो ।

तर उनको अक्सिजनको मात्र निकै कमी भएको कारण थप उपचारको लागि दोरम्बा अस्पताले धुलिखेल अस्पतालमा रिफर रहेको थियो । धुलिखेल अस्पतालमा उपचारको क्रममा श्रेष्ठको निधन भएको दोरम्बा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कमल भट्टराईले रामेछाप न्युजलाई बताए । निधन भएका श्रेष्ठ दोरम्बा गाउँपालिकाका कम्युनिष्ट आन्दोलनको अगुवा समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्