सांसद शान्ति पौडेलमाथि स्पष्टीकरण सोध्ने फिर्ता लिने निर्णय
२९ जेठ, काठमाडौं ।
बागमती प्रदेशका प्रदेशसभा सांसद शान्ति पौडेलमाथि पार्टीले स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिने निर्णय गरेको छ । रामेछाप प्रदेश निर्वाचन क्षेत्र ‘क’ एमालेबाट निर्वाचित सांसद पौडेलमाथि यसअघि स्पष्टीकरण सोध्ने निर्णय निर्णय लिएकाे हाे ।
आज बागमती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्नुपूर्व मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्ललक्ष्मी शाक्यबीच भएको सहमति अनुसार यसअघि १४ सांसदमाथि स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिने समझदारी भएको थियो । जेठ ६ गते राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मत नदिइ स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई मत दिएको भन्दै खनाल–नेपाल समुहका सांसदहरुमाथि मुख्यमन्त्री डोरमणि पौडेलले स्पष्टिकरण सोध्नुभएकाे थियो ।
नेपाल पक्षका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली, पार्वती सिलवाल र लक्ष्मण लम्साललाई स्पष्टिकरण सोधिएको थियो । सांसदले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १४ सांसदहमाथि यसअघि स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।