माओवादी केन्द्र रामेछापले आज प्रजिअ सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै
३० जेठ, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले आज रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने भएको छ । माओवादीले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र रामेछापका अध्यक्ष समेत रहेका प्रजिअ सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न लागेको हो ।
जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गइरहेको बेला माओवादीले पहिलो पटक जिल्लाको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न लागेकाे छ । आज निवर्तमान रामेछापका प्रतिनिधिसभा सांसद एवं माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
माओवादीले सानो ठूलो गरी २५ वटा अक्सिजन सिलिन्डर, ३७ हजार थान मास्क, १ सय ४० थान पिपिई सेट, एक हजार थान एननाइनटिन मास्क, मेडिसिन ४० बक्स सहित करिब ११ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्न लागेको हो । नेता श्रेष्ठले जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएको अवस्थामा पार्टीको तर्फबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न लागिएको बताए ।