सुरक्षा निकायलाई तयारी अवस्थामा राखेका छौः प्रजिअ सैजू
१ असार, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जारी मनसुनको कारण हुन सक्ने सम्भावित विपद्को पूर्व तयारीमा जुटेको बताएका छन् । बर्षादको कारण हुन नसक्ने बाढी पहिरो लगायतका घटनालाई मध्य नगर गर्दै जिल्ला स्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको बताएका हुन् ।
प्रजिअ शर्माले रामेछाप न्युजसँग भने,‘स्थानीय तहसँगको समन्वय भइरहेको छ, सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ ।’ तत्काल कुनै विपद् भइहालेको अवस्थामा पुग्ने स्रोत र साधन रहेको बताउदै उनले सम्भावित जोखिमयुक्त बस्तीहरुमा रहेका नागरिकहरुलाई सचेत रहन आग्रह गरे ।