माओवादी केन्द्र गोकुलगंगाद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
२ असार, रामेछाप ।
नेकपा माओवादी केन्द्र गोकुलगंगा गाउँ कमिटीले गोकुलगंगा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाभित्र कोभिड संक्रमित बढदै गइरहेको बेला स्वास्थ्य सामाग्री अभाव नहोस भनेर माओवादी केन्द्र गाउँ कमिटीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका नेता प्रेम कुमार कार्की सेवकको समन्वयमा, नेपाल रेडक्रस सोसाइटी गोकुलगंगा र विभिन्न व्यक्तिहरुको सहयोगमा संकलित स्वास्थ्य सामाग्री आज गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारलाई हस्तान्तरण गरिएको छ । माओवादी केन्द्रले तीन वटा अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामाग्री र खाद्यन्न समेत गाउँपालिकालाई सहयोग गरेको छ ।
नेता कार्कीले कोरोना नियन्त्रण र रोकथाममा आफूहरुको तर्फबाट स्वास्थ्य सामाग्री र खाद्यन्न गाउँपालिकालाई सहयोग गरेको बताए । स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले सहयोग गर्ने माओवादी केन्द्रलाई धन्यवाद दिएका थिए । गोकुलगंगा गाउँपालिकालाई विभिन्न राजनीतिक पार्टी, संघ संस्था र व्यक्तिहरुले स्वास्थ्य सामाग्री सहयोग गर्दै आइरहेका छन् ।