अबको २४ घण्टा रामेछापका नदी किनाराका बस्ती जोखिममा (सूचनासहित)
३ असार, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले अविरल बर्षासँगै सुनकोसी र तामाकोसी नदीमा पानीको बाहब बढने पूर्व अनुमान अनुसार जिल्ला स्थित नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले सुनकोसी र तामाकोसी नदी किनारामा आज पानीको बहाब बढने पूर्व अनुमान रहेकाले नदी छेउमा बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘अहिलेसम्मको अवस्था सामान्य नै छ, तर विपद् कहाँ र कतिबेला आउँछ भन्न सकिने अवस्था छैन,सतर्क भएर बस्नुको विकल्प छैन् ।’
जल तथा मौसम पूर्वाअनुन, बाढी महाशाखाले आज बिहान जारी गरेको पूर्व सूचनामा रामेछाप जिल्लाका नदी किनारामा पानीको बहाब बढने उल्लेख गरेको छ । आज सुनकोसी, तामाकोसी नदी सहित विभिन्न खोलामा आकास्मिक रुपमा पानीको बाहब बढन सक्ने भएकाले नदी छटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले अपिल गरेको छ ।