बहुमुल्य यार्सागुम्बा संरक्षण गर्न बजेट छुटयाउछौंः अध्यक्ष मोक्तान



४ असार, रामेछाप ।
दोरम्बा सैलुङ गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले बहुमुल्य यार्सागुम्बा पाइने सैलुङ क्षेत्रको संरक्षण गरिने बताएका छन् । रामेछाप र दोलखा जिल्लाको संगमस्थल सैलुङमा पहिलो पटक यार्सागुम्बा फेला परेपछि गाउँपालिकाले संरक्षण गर्ने योजना अगाडि सारेको हो ।
अध्यक्ष मोक्तानले रामेछाप न्युजसँग भने,‘सैलुङ क्षेत्रमा बहुमुल्य जडिबुटी यार्सागुम्बा फेला पर्नु हाम्रो लागि खुसीको हो, अब संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरेर काम अगाडि बढाउँछौ ।’

आफ्नो पालिका अन्तर्गत पर्ने क्षेत्रमा यार्सागुम्बा संकलनको लागि छुट्टै कार्यविधि बनाउने बताउदै आगामी आर्थिक बर्षको लागि आवश्यक बजेट विनियोजन गरिने उनले बताए । रामेछाप र दोलखाको संमस्थल सैलुङमा रामेछाप जिल्लामै पहिलो पटक आज खोजी गर्ने क्रममा यार्सागुम्बा फेला परेको हो । आफ्नो गाउँपालिकाभित्र यार्सागुम्बा फेला परेपछि गाउँपालिका उत्साहित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्