गोकुलगंगा गाउँपालिकाका नीतिः कृषिबाट रोजगारी



९ असार, रामेछाप ।
गेकुलगंगा गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको छ । सुरुकै बर्षदेखि कृषि क्षेत्रलाई प्राथमिकता दिदै आएको गाउँपालिकाल आगामी आर्थिक बर्ष २०७८/०७९ मा पनि कृषि क्षेत्रलाई नै प्राथमिता दिएर कार्यक्रम बनाएको हो । गाउँपालिकाले पूर्वाधार विकासको साथै कृषि क्षेत्रको चौतर्फी विकास गरेर गाउँपालिकालाई समृद्ध बनाउन सकिने नीति लिएको छ ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले कृषि तथा पशुपालनको कार्यक्रमलाई प्राथमिता दिदै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने बताए । उनले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाएर कृषिजन्य वस्तु निर्यात गराउने वातावरण सृजन ागर्ने अभियान सुरु भइसकेको बताए ।

उनले गाउँपालिकाको सबै वडामा नमूना कृषि फार्म सञ्चालन गर्दै सबै वडामा कृषिजन्य वस्तुको भण्डारणका लागि रस्टिक र काल्ड स्टोर स्थापना गरिने बताए । अध्यक्ष सुनुवारले कृषि क्षेत्रको लागि ७० देखि ९० प्रतिशतसम्म अनुदान दिने पनि बताए । गाउँपालिकाले हाल गाउँपालिकाको केन्द्रमा सञ्चालिक पाँच शैयाको अस्पताललाई स्तरउन्तती गरेर आगामी आर्थिक बर्षमा १५ सैयाको बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्