सुनापति गाउँपालिकाको बजेट ५१ करोड, नीति तथा कार्यक्रम आज



१० असार, रामेछाप ।
सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८ ०७९ को लागि ५१ करोडको बजेट ल्याउने भएको छ । यस आर्थिक बर्ष ४८ करोड रहेकोमा तीन करोड बढाउदै ५१ करोडको बजेट ल्याउन लागेको हो ।

त्यसैगरी गाउँपालिकाले आज आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज बस्ने गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले बताए । उनका अनुसार आज प्रस्तुत हुने नीति तथा कार्यक्रमाथिको छलफलपछि असार २३ गते बजेट ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्