रामेछाप नगरपालिकाको बजेट ६३ करोड १९ लाख
१० असार, रामेछाप ।
रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ६३ करोड १९ लाखको बजेट ल्याएको छ । आज बसेको नवौ नगर सभा मार्फत उक्त बजेट सार्वजनिक गरेको हो ।
रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरको अध्यक्षमा बसेको सभामा नगर उप्रमुख सृजना खड्काले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी हुन् ।
खड्काले चालु तर्फ नगरकार्यपालिका कार्यालय तर्फ ३१ करोड १३ लाख १८ हजार ३ सय ३४ रुपैया ४८ पैसा, वडा कार्यालय तर्फ ८९ लाख ५५ हजार, विषयगत शाखा तर्फ ३ करोड ७८ लाख २५ हजार, र पुँजिगत तर्फ नगरकार्यपालिका २१ करोड ३१ लाख १० हजार ६ सय पैसठ्ठि रुपैया ५२ पैसा, वडा कार्यालय तर्फ ५ करोड ७८ लाख ३५ हजार ६ सय ६५ रुपैंया ५२ पैसा, विषयगत शाखा तर्फ २९ लाख विनियोजन गरिएको बताइन । आगामी आर्थिक बर्षको लागि चालु तर्फ ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रुपैंया ४८ पैसा र पुँजिगत २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रुपैंया ४ पैसा गरी कुल जम्मा ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसा व्यय हुने अनुमान गरी बजेट प्रस्तुत गरेकी छिन् ।