गोकुलगंगा गाउँपालिकाले ल्यायो ६७ करोड २० लाखको बजेट
१० असार, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८ ०७९ को लागि ६७ करोड २० लाख ४३ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारको अध्यक्षमा आज भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष राधिका श्रष्ठले आगामी आर्थिक बर्षको लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले असार ८ गते नै नीति तथा कार्यक्रम सभामा पेश गरेर विहिवार बजेट ल्याएको हो । गाउँ सभामामा संसदकै जस्तो अभ्यास गर्दै विगत बर्षदेखि नै गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेको छ ।