राष्ट्रपति भण्डारीद्धारा रामेछापका भण्डारीलाई न्याय परिषदको सदस्यमा नियुक्त



२५ वैशाख, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदको सदस्यमा बरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा विहिवार राष्ट्रपति भण्डारीले अधिवक्क्ता भण्डारीलाई परिषद्को सदस्यमा नियुक्त गरेकी हुन् ।

रामेछाप सुनापति गाउँपालिका–५ खनियापानी निवासी बरिष्ठ अधिवक्ता भण्डारी रामेछाप जिल्लाबाट न्याय परिषद्को सदस्य हुने पहिलो व्यक्ति हुन् । मन्त्रिपरिषद्को सिफारिसमा न्याय परिषद सदस्य भएका लक्ष्मीबहादुर निरालाको कोभिडका कारण निधन भएपछि भण्डारीको नाम सिफारिस गरिएको थियो । भण्डारी देवानी, जग्गा र गुठी सम्बन्धी मुद्दामा लामो समय अभ्यास गरेका कानुन व्यवसायीका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्