लिखु तामाकोसी गाउँपालिकाले निर्धारित समयमै ल्यायो ९२ करोडको बजेट
११ असार, रामेछाप ।
लिखु तामाकोसी तामाकोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८ ७९ को लागि ९२ करोड ८५ लाख,५९ हजार ४ सय ३४ रुपैया बजेट ल्याएको छ ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्को अध्यक्षमा बसेको ८ अाै गाउँसभाले नीति तथा कार्यक्रमको साथै बजेट ल्याएको हो । आगामी वर्षको लागि आय तर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड २७ लाख ,संघीय सरकार शशर्त अनुदानतर्फ १९ करोड ९५ लाख, बिशेष अनुदान तर्फ २ करोड ८ लाख,राजस्व बाँडफाडतर्फ ७ करोड ३७ लाख ५७ हजार,जलबिद्युत रोयल्टी तर्फ १ करोड ५० लाख, बागमती प्रदेश बितिय समानिकरण अनुदान तर्फ १ करोड १६ लाख ८४ हजार,बागती प्रदेश शशर्त अनुदान तर्फ १ करोड ३७ लाख २८ रहेको छ ।
बागमती बिषेश अनुदान तर्फ ३६ लाख ५० हजार,समपुरक अनुदान तर्फ १ करोड ३४ लाख ४८ हजार, राजश्व बाँडफाँड तर्फ १ करोड ९२ लाख २४ हजार २३४ रुपैया रहेको छ । गत बर्ष विवादको कारण नौ महिनापछि नीति तथा कार्यक्रम र बजेट ल्याएको गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि यस पटक भने समयसीमा भित्र नै बजेटको साथै नीति तथा कार्यक्रम ल्याएको छ ।