जिल्ला सभापतिमा उम्मेदवारी दिने कान्छारामको घोषणा
१३ असार, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका नेता एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले पार्टीको जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीको जिल्ला सभापति बनेर जिल्लामा कांग्रेसलाई ठूलो पार्टी बनाउन उम्मेदवारी दिन लागेको बताएका हुन् । तामाङले रामेछाप न्युजसँग भने,‘सुख दुःखममा रामेछापका जनतालाई सकेको सहयोग गर्दै आएको छु, अब एक कार्यकाल पार्टी सभापति भएर काम गरेर देखाउछु ।’
विगतमा पार्टीले विश्वास गरेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाए पनि थोरै मात्र मतले पराजित भएको बताउदै उनले अब रामेछापमा कांग्रेसले पहिलो पार्टी बनाउनको लागि सभापतिमा उम्मेदवार दिन लागेको बताए ।
पार्टीभित्र सभापतिको आकांक्षी धेरै भएपछि पार्टीको लागि गरेको योगदानलाई सम्झिएर पनि प्रतिनिधिहरुले आफूलाई मत दिने उनले दावी गरे ।