रामेछापमा कांग्रेसको क्रियाशिल सदस्यको संख्या १० हजार नाघ्यो, अझै बढने
१५ असार, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले क्रियाशिल सदस्यको सख्या दस हजार नाघेको छ । जिल्लामा क्रियाशिल सदस्यको संख्या छ हजार थप गर्दै कांग्रेसले १० हजार ८ सय २३ जना पुर्याएको हो । यसअघि रामेछापमा ५७ सय क्रियाशिल सदस्य रहेका थिए ।
नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण खड्काले १० हजार ८ सय २३ जना क्रियाशिल सदस्यको विवरण केन्द्रीय कार्यालयमा अपडेट भइसकेको बताउदै अझै नविकरण गर्न बाँकीको विवरण पठाइएको रामेछाप न्युजलाई बताए । उनले भने,‘नयाँ क्रियाशिल सदस्य थपिदैन, नविकरण गर्न बाँकी रहेकालाई समावेश गरेर पुनः केन्द्रीय कार्यालय पठाएका छौं ।’
खड्काका अनुसार अझै दुई सय भन्दा बढी क्रियाशिल सदस्य थपिने छन् । दुई सय सदस्य थपिएको अवस्थामा रामेछापमा कांग्रेसको क्रियाशिल सदस्यको संख्या ११ हजार पुग्नेछ । आगामी आगामी महाधिवशेनको लागि क्रियाशिल सदस्यहरुबाटै प्रतिनिधि चयन हुनेछ ।
त्यसैगरी गरी जिल्लाभित्र वडा, गाउँपालिका, जिल्ला हुँदै प्रदेशका प्रतिनिधिको अधिवेशनको तयारीसँगै जिल्ला नेतृत्वको लागि नेताहरुको दौडधुप बढेको छ । यही साउन १२ गतेबाट रामेछापको गाउँ नगर र वडाको अधिवेशन हुने कार्यतालिका रहेको छ ।