रामेछापमा २० हजार ९ सय जनाले लगाए कोरोना विरुद्धको खोप



१६ असार, रामेछाप ।
रामेछाप जिल्लामा हालसम्म २० हजार ९ सय ८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा १८ हजार ८ सय ८९ जना र दोस्रो चरणमा २ हजार ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । रामेछापका आठ वटै स्थानीय तहबाट खोपको माग भएपनि सीमित खोप आएको कारण स्वास्थ्य कार्यालयले दिन नसकेको छैन् ।

यसअघि थोरै मात्र खोप गएको कारण स्वास्थ्य कार्यालय रामेछापले थोरै संख्यामा मात्र स्थानीय तहलाई पठाएको थियो । दोस्रो चरण अन्तर्गत सरकारले स्वास्थ्य कार्यालयलाई ६ हजार डोज खोप उपलब्ध गराएको थियो ।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जिल्लामा हालसम्म २० हजार ९ सय जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको रामेछाप न्युजलाई बताए । उनले यसअघि खोप लगाएका २ हजार ९६ जनालाई एकसातापछि दोस्रो डोजको खोप लगाइने पनि जानकारी दिए । प्रमुख कर्णका अनुसार हालसम्म २ हजार ६ सय १४ जनाले दोस्रो डोज खोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्