रामेछापमा सवारी साधनमाथि लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय



२१ असार, रामेछाप ।
रामेछाप जिल्लामा जारी लकडाउनको कारण सवारी साधन सञ्चालन गर्न लागू गरिएको जोर विजोर प्रणाली हटाउने निर्णय भएको छ । जिल्ला स्तरीय कोभिड–१९ सकंट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतमा आज बसेको बैठकले जिल्लाभित्र  कायम रहेको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

एक साता अघि बसेको बैठकले जिल्लाभित्र जोर विजोर प्रणालीको आधारमा सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर अहिले जारी बैठकले जिल्लाभित्र सञ्चालन हुने सवारी साधनमाथि जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक कार्यालय प्रमुखका अनुसार जोर बिजोर प्रणाली हटाउने निर्णय भएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार अब पर्सीबाट जोर बिजोर सबै  यातायात सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्