रामेछापमा पाँच बर्षिय बालिकाको खुट्टा काटिएपछि हेलिकोप्टरबाट काठमाडौं लगियो
२६ असार, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति स्थित च्यादलुमा मोटरसाइकलको चेनले पाँच बर्षिय बालिकाको खुट्टा काटिएपछि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ । धनबहादुर नेपालीकी पाँच बर्षिय छोरी रोजिया नेपालीको मोटरसाइकल स्टाट गर्ने क्रममा खुट्टा चेनमा पर्दा दाहिने खुट्टा काटिएको हाे । खुट्टा काटिएसँगै तत्काल थप उपचारको लागि काठमाडौं लगेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार खुट्टा काटिदा घाइते भएकी बालिकाको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।