सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको परमादेश



२८ असार, काठमाडौं ।
सर्वोच्च अदालतले प्रतिनिनिधिसभा पुर्नस्थापित गर्ने फैसलासँगै सात दिनभित्र प्रतिधिसभाको बैठक बोलाउन परमादेश दिने फैसला गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता एंव विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिदै सर्वोच्चले ७ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन भनेको हो ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरासहित न्यायाधिशहरु दिपककुमार कार्की,मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन एकमतले परमादेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्