भोली बिहान ओलीको राजिनामा, दिउसो देउवा प्रधानमन्त्री



२८ असार, काठमाडौं ।
सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहान राजिनामा दिने भएका छन् ।

दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएसँगै ओलीले भोली बिहान प्रधानमन्त्रीबाट राजिनामा दिने भएका हुन् । उनले राजिनामा दिएसँगै दिउसो ४ बजे नयाँ प्रधानमन्त्रीमा शेर बहादुर देउवाले सपथ लिने कार्यक्रम तय भएको शिलत निवास स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्