सर्वोच्चको फैसलापछि रामेछापमा दिपावली
२८ असार, रामेछाप ।
प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसलासँगै रामेछापमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले दिपावली गरेका छन् ।
रामेछापको सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा माओवादी केन्द्रको नेतृत्वमा दिपावली गरिएको हो । दोस्रो पटक प्रतिनिधिसभा पुर्नस्थापित भएपछि माओवादी र कांग्रेसका नेता कार्यकर्ताहरुले देवकोटा चोकमा जम्मा भएर खुसीयाली मनाएका थिए ।