माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र भुसाल मन्त्री बन्दै



२९ असार, काठमाडौं ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । त्यसैगरी देउवाले कांग्रेसबाट पनि मन्त्री बनाउने भएका छन् । विपक्षी गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (उपेन्द्र यादव) समुह भने तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्