यस्तो छ मन्त्रिपरिषद्को पहिलो निर्णय



२९ असार, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठक सिंहदरबारमा सम्पन्न भएको छ । वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सरकारले आगामी असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको छ । यसैगरी बैठकले कोरानाविरुद्ध अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्