सर्वोच्च अदालतको फैसला विरुद्ध रामेछापमा एमालेको मसाल जुलुस (फोटोफिचर)
३० असार, रामेछाप ।
सर्वोच्च अदालतलको फैसलाको विरुद्ध नेकपा एमाले रामेछाप खाँडादेवी गाउँ कमिटीको आयोजनामा खाँडादेवी गाउँपािलकामा मसाल जुलुस निकालिएको छ । आज साँझ खाँडादेवी गाउँपालिकामा एमाले गाउँ कमिटी र युवा संघ नेपालको आयोजनामा मसाल जुलुस निकालिएको हो । संसद पुर्नस्थापना गर्ने र कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएको विरुद्धमा एमालेले रुष्ट भएको छ ।
एमाले खाँडादेवी गाउँ कमिटीका सचिव मोतीलाल तामाङले तामाङले सर्वोच्च अदालतको असंवैधानिक कदमको विरुद्ध आज साँझ मसाल जुलुस निकालिएको जानकारी दिए । मसाल जुलुसमा एमालेका नेता कार्यकर्ताले प्रधानन्ययधीश चोलेन्द्र शम्बर जवरा र नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाको विरुद्ध नारा जुलुस गरेका थिए ।