खाँडादेवी गाउँपालिकाको बजेट ८८ करोड, कहाँ कति ? (बजेटको पूर्ण पाठसहित)
३० असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८ ०७९ को लागि ८८ करोड १५ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको छ । यसअघि गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम पारित गर्दै गाउँपालिकाले बुधवार बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले सार्वजनिक गरेको बजेटमा कृषि र रोजगारीलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासहित गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागी रहेको उक्त कार्यक्रममा बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष तामाङले नीति तथा कार्यक्रम अनुसार ल्याएको बजेटलाई प्रभावकारी रुपमा कार्यान्वय गरिने बताए ।गाउँपालिकाले आन्तरिक स्रोत समेत जोडेर ८८ करोड १५ लाख ८४ हजारको बजेट ल्याएको हो ।
यस्तो छ गाउँपालिकाको बजेट कहाँ कति ?