गेलु घटना प्रकरणः यस्तो छ पीडित परिवारले प्रहरीलाई बुझाएको ध्यानाकर्षण पत्र (पूर्ण पाठसहित)
२ साउन, रामेछाप ।
मन्थली नगरपालिका–१२ सिक्रालका काले भनिने राजकुमार बुढाथोकीको मृत्युको विषयलाई लिएर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला प्रशासन कार्यालय रामेछापमा ध्यानाकर्षण पत्र बुझाएको छ । प्रहरीले पीडित पक्षले दिएको जाहेरीको आधारमा दुई जना आरोपितलाई पक्राउ गरेर अनुसन्धान सम्पन्न गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान गरेर उक्त प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । प्रहरीले अनुसन्धान सकेसँगै पीडित परिवारले शनिवार मन्थलीमा दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।
ध्यानाकर्षण पत्र
विषयः पक्राउ परेको हत्यराको थप अनुसन्धान गरि प्रयाप्त प्रमाणहरु संकलन गरि यो घटनाको हत्या नै हो भनि हत्याको थप प्रमाणको लागि मृतक राजकुमार वुढाथोकीको वुवा आमा तथा दिदि वहिनि सहित सम्पुर्ण समुदायको तर्फवाट सामूहिक दस्तखत वुझाइएको सम्वन्धमा ।
महोदय,
प्रस्तुत विषयमा रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नं. १२, सिक्राल गाँउमा २०७८ असार १ गते काले भनिने राजकुमार बुढाथोकीको हत्या घटना सम्वन्धमा सायद यहाँहरु जानकार नै हुनुहुन्छ । घटना सन्दर्भ तपशिल बमाजिम रहेको जानकारी गर्दछौं ।
भैरव कुमार बुढाथोकी र भैरव कुमारी बुढाथोकीको एक मात्र छोरा कानकम सुन्ने, बोली लठ्याप्रो भएको तर व्यवहारिक रुपमागाँउ समाजमा मिलनसार भई असल एवम विश्वसनिय व्यवहार गर्ने वर्ष ३५ को राजकुमार बुढाथोकी (काले) मिति २०७८ अषाढ १ गते विहान देखि वेलुका सम्म परशुराम बुढाथोकीको सिक्राल स्थित घरमा मिस्त्री रुद्र खड्का सँगै वालुवा चाल्ने ज्यामी काम गरेको र बेलुका शेरा भन्ने एकान्त ठाँउमा रहेको परशुराम बुढाथोकी कै गोठमा निज प्रशुराम वुढाथोकी,काजि पाण्डे (प्रशुराम वुढाथोकीको घरको कामदार), रामशरण बुढाथोकी र मृतक राजकुमार वुढाथोकी जम्मा ४ जना खाना खाजा खाइसकेपछि सँगै रक्सी खाएको राति करिव ८÷९ बजे तिर रामशरण बुढाथोकीले सुत्न जान्नस भतिज भनी मृतक राजकुमार वुढाथोकीलाई सोध्दा जान्न म यही काजिसँग सुत्छु भनेसी ल है सुतौ भनि तीन जनालाई त्यहीँ छोडि आफ्नो घर गएको विवरण स्पष्ट रुपमा आईसकेको छ । सोही रातिदेखि हराएको राजकुमारको लाश भोलीपल्ट अर्थात २०७८ असार २ गते बेलुकापख करिव ५ वजे सोही गोठ नजिकै रहेको कँहि कतै जाने वाटो नै नपर्ने करिव ३०० मिटर अग्लो हेर्दै डरलाग्दो चन्द्रौटा भिरको मुनी लडेर मरेको भनि प्रपञ्च वनाउने उद्देश्यले योजनावद्ध रुपमा मृत शरी राखिएको अवस्थामा भेटिएको । मृत शरीर रहेको ठाँउ आसपास विहानै देखि गाँउका दाजुभाई तथा मृतककै छोराले वाख्रा चराउँदा नदेखेको लाश एक्कासि बेलुका पख करिव ५ वजको समयमा भिरवाट केही पर रहेको खोलाखर्क भन्ने ठाँउको विमला खड्काले लाश देखियो भनि संकास्पद ढंगवाट प्रतिवादी प्रशुराम वुढाथोकीलाई नै खवर गरेको भनि सुनेको । प्रतिवादी प्रशुराम वुढाथोकीले मृतकको आमालाई फोन गरि को लडेर मरेछ परतिर भिरमा भनि फोन मार्फत भन्दा निज प्रशुराम वुढाथोकी सिक्राल स्कुलमै थिए भनि सुनेको र सिक्राल स्कुलमा रहँदा अघि पछिको भन्दा फरक व्यवहार,स्वभाव,निजको अनुहार परिवर्तन र हतास मनस्थितिभएको जस्ता संकास्पद आचरण हेर्दा विद्यालय लेखापाल ईश्वर कुमार वुढा लगायत अन्य सहभागी आश्चर्य चकित भएको अवस्था रहेको । सो समयमा पानी पनि पर्न लागेको, रात पनि परेको र घटना वारेमा केही जाने वुझेका प्रतिवादी प्रशुरामका निकटतम विचार धारा (आफन्तजन) भएका व्यक्ति तथा उनै प्रतिवादीका विचार सुनि केहि जाने वुझेका व्यक्तिहरुले मृतकका आमा भैरव कुमारि वुढाथोकी र वहिनी सन्तोषी वुढाथोकीलाई शंकास्पद ढंगवाट पोष्ट मार्टम गर्नु हुन्न वबढी खर्च लाग्छ, कसरी खर्च जुट्छ जस्ता कुरा गरि मृतकका आफन्तलाई ललाई फकाई गर्न खोजेको ।
तर मृतकका आफन्तले पोष्ट मार्टम गर्नुपर्छ भनि भन्दा दाहोरो कुरा वाँधिएको हँदा सो दिन हतार हतार जिल्लाबाट गएका प्रहरी अनुसन्धान टोलीले शास मन्थलीमा लगि पोष्टमार्टम गरिएको । घटनास्थलवाट पोष्टमार्टम गर्न लगिसकेपछि तिनै जानेवुझेका व्यक्तिहरुले मर्ने मरिहाल्यो किन लगेको होला ? अव डाक्टर साव सँग कुरा गर्नुपर्छ भनि मृतकको वहिनी सन्तोषि वुढाथोकीले सुनेको । दाई/छोरो/नाति/पलाती भिरबाट लडेर मरेको होइन, हत्या गरि राखिएको हो, पक्राउ परेको हत्यारालाई कडा भन्दा कडा कारवाही होस भनी मृतक राजकुमारका परिवारले मिति २०७८ अषाढ ८ गते मौखिक र ९ गते गते जिल्ला प्रहरी कार्यलयलाई मन्थली रामेछापमा किटानी जाहेरी दिएको । र त्यसपछि पनि अनुसन्धानमा वास्तविक तथ्य वाहिर नआई सके पछि मृतकका परिवार सहित गाँउ समाजका करिव ५०र६० जना सर्वसाधरण जिल्ला प्रहरि अनुसन्धान कार्यलयमा गई सवै जनाले मौखिक रुपमा किन घटनाको सत्य तथ्य रुपमा सार्वजनिक हुन नसकेको हो ? जस्ता शंकास्पद प्रश्नहरुमा जाहेरिवाला र समाजका व्यक्तिले सोधपुछ गरि सवैले क्रमश अनुसन्धान सम्वन्धि आ(आफ्ना जिज्ञासाहरु राखेका थिए । त्यसैगरि असार २२ गते हत्याराको सत्य तथ्य प्रमाण पत्ता लगाउन किन कठिनाई भयो,के कारणले हत्यारा पत्ता लाग्न सकेन, कही कतै दवाव र प्रभावमा अनुसन्धान टिम त फसेको छैन, किन यसरि अनुसन्धानमा ढिलासुस्ति भएको हो भनि शंकास्पद प्रश्नहरु माथि सोधपुछ र छलफल भएको थियो जुन सकारात्मक छलफल बन्यो । यि विभिन्न स्वरुपवाट हत्यारालाई किन प्रमाण सहित कार्वाही भएन भनि पटक पटक समाजका व्यक्तिहरु जाहेरिवाला सहित स्वयम् उपस्थित भई लिखित रुपमा वा फोन मार्फत वा कुनै माध्यमवाट हत्यारालाई कार्वाही होस भनि भनिरहेको अवस्थामा न्यायको लागि थप प्रमाणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ मृतकका परिवार सहित हामि तपशिलका गाँउ समाजका व्यक्तिहरु समेत अनुसन्धानवाट सत्य तथ्य प्रमाणहरु पत्ता लगाई हत्यारालाई यथासिघ्र कारवाही र पिडितले न्याय पाओस भनि सहि छाप गरि सम्वन्धित निकायहरुमा पढाउन राजि खुशि भई यो प्रमाण पेश गर्न तयार भएका छौँ ।
हत्या भएको आज एक महिना वितिसक्दा पनि घटनावारे प्रत्यक्ष तथा अप्रत्यक्ष सोधपुछ गर्दा अनुसन्धानकै क्रममा रहेको जानकारि मात्रै छ । यस क्रममा अनुसन्धानलाईनै नकरात्मक प्रभाव पर्ने गरि अफवाह फैलाइएको । मृतकका परिवार लगायत छरछीमेकीहरु जिल्ला प्रहरी कार्यालय, रामेछापमा गई घटनालाई केही व्यक्तिले आत्महत्या हो भनी विषयान्तर गर्न लागिएको, प्रतिवादी प्रशुराम वुढाथोकी परिवारले मात्रै घटनालाई मानवीय र समाजिक रुपमा भन्दा पारिवारिक रुपमा विश्लेषण गरि राजकुमार लडेर मरेको हो भन्ने जस्ता गलत हल्ला फिँजाएको र सो अनुसार पोष्टमार्टम गर्न हुन्न भनि समाजका केही गन्य मान्य व्यक्तिले श्रमिक,अपांग तथा गरिव वर्गकै अधारमा तत्काल अफवाह फैलाई अनुसन्धानमा वाधा पुर्याउन खोजेको महशुस भएको । यसैले गर्दा के गरिव,अपाङ्ग,लठ्याप्रा,कमवोल्ने व्यक्तिलाई हत्या नै गरि फाल्ने हो की भन्ने हामी सवै समाजलाई शंका उत्पन्न भई राजनीतिक लगायतका शक्तिको आडमा हत्या जस्तो जघन्य अपराधको विषयलाई तोडमोड गरि हत्याराले उन्मुक्ति पो पाउछ कि भन्ने भयका साथ मृतकका घर परिवारका सदस्य सहित हामी सम्पूर्ण छर छिमेक, गाउँलेहरु एकजुट भई काले भनिने राजकुमार बुढाथोकीको हत्या नै हो भन्ने जिकीर गर्दै थप घटना विवरण लगायत किटानी जाहेरिका केहि प्रमाण योग्य विवरणमा हामि सवैको साझा सहमतिका साथ सहिछाप गरि पेश गर्दछौ । साथै यदि अत्यावश्यक परेको खण्डमा घटना सम्वन्धमा आफुले जाने वुझेको भन्न र सुनाउन हाम्रो यो समाज जँहा सुकै जान तयार रहेको व्यहोरा समेत जानकारि गर्दछौँ ।
जुन घटनाको प्रमाणहरु निम्नासुर छ
१.काले भनिने राजकुमार बुढाथोकीको जघन्य हत्या गरि लास अकार (डरलाग्दो करिव ३०० मिटर भन्दाअग्लो) भिरको मुनी (फेदमा) भेटिएको । लडेर मरेको भनि वनावटी वनाउने प्रपञ्च रचेतापनि भिर माथिका बुटाहरु नमाडिएको,नघिस्रिएको अर्थात लास घस्रेर आउने भिर वा जमिनमा त्यस्ता संकेत तथा चिन्हहरु कतै केहि नभएको,
२.लाशको अवस्था घोप्टो परेको अवस्थामा भिर तर्फ नै टाउको फर्काइ केहि वुट्टा समाउन खोजेको जस्तो वनाई राखेको,
३. लाश रहेको स्थान आसपास र मृतकको शरीरमा एक थोपा पनि रगत नभएको,
४. मृतकले लगाएको लुगा केही नभएको, नच्यातिएको, नकोरिएको र रगत पनि नलागेको,
५. कहाली लाग्दो भिरवाट लडेको भएतापनि मृतकको शरिरको निधार वा खप्परको एक ठाँउमा मात्रै गहिरो चोट लागेको ( खप्पर फुटेको वाँधारिलो हतियारले हानेको जस्तो) तर शरिरको अन्य भागमा कुनै पनि चोटपटक नलागेको,शरिरको घाँघी,पाखुरा,करङ्ग लगाएतका अंगहरु पनि नभाचिएको,
६.शरिरको केही भागमा (ढाड) शंकास्पद निलडाम ( कोतरेको वा सुम्लो ) भएको तर शरिरको अन्य भागमा सामान्य पनि चोटपटक नलागेको र कोतरेको ठाँउमा पनि रगतको थोपा वा दाग नलागेको तथा विभत्स हत्या गरेर राखेको अवस्थामा देखिएको,
७. मुतकको चप्पल जुन गोठमा रक्सी खाएको त्यही नै भोलीपल्ट अर्थात लाश भेटिएकै दिनमा निज (गोठमालिक) परशुरामको श्रीमती उमा कुमारी वुढाथोकीले मृतकको आमा भैरव कुमारी वुढाथोकीलाई देखाएको र जसलाई प्रहरी अनुसन्धानमा सहजवनाउन दसि प्रमाणको रुपमा वुझाएको,
८. शास भेटिएको भिर र मृतकको घर शेरा गोठबाट अर्थात राति रक्सी खाएको ठाँउबाट पश्चिम उत्तर वाविपरित दिशा रहेको अर्थात मृतक त्यो ठाँउमा जानुपर्ने कुनै कारण नै नभएको,
९.लाश भेटिएको दिन लाशलाई केही टाठाबाठाले पोष्टमार्टम गर्नुपर्दैन भनेर जिद्धि गर्नुका साथै मृतकका आमा,वहिनी र अन्य सोझा साझा व्यक्तिलाई ललाई फकाई गरेको,
१०.मृतकका परिवारले किटानी जाहेरी दिएका व््यक्तिहरु दुवैले १ गते सम्म लगाएको वस्त्र फेरेको,जुन वस्त्र जतिसुकै फोहोर भएपनि ति व्यक्तिहरुले धेरै समय सम्म लगाउथे तर त्यसपछि नलगाएको कुरा वाहिर देखिएको,
११. मृतकको आमाको भनाई अनुसार मृतक राजकुमार बुढाथोकी हराएको दिनको भोलिपल्ट अर्थात असार २ गते प्रतिवादी प्रशुराम वुढाथोकी,निजको घरमा काम गर्ने काजी पाण्डे र प्रशुरामको श्रीमती उमा कुमारि वुढाथोकलाई मृतकका आमाले अषाढ २ गते विहानै सेरावेसि गोठतिरै काम गर्न जाँदा मेरो छोरा खोई भनि सोध्दा तिनै जनाले फरक फरक शंकास्पद कुरा गरि तेतै अल्मल्याएको र वेलुका अन्दाजी ५ वजेतिर निज परशुराम वुढाथोकीले नै मृतकको आमालाई फोन मार्फत आमै परतिर भिरमा को लडेको छ रे हेर्न जौ जौ भनि भनेपछि मृतकको आमा सेरावेसिवाट दौडेर हेर्न जाँन खोज्दा निज परशुरामको श्रीमती उमा कुमारी वुढाथोकीले कोही मरेको छैन,रक्सि खाने मान्छे लडेर मर्दैन,अम्वटेको मान्छे वा अरु कोहि मान्छे मरेको होला हेर्न जानुपर्दैन भनि उल्टै वाटो छेक्दा छेक्दै पनि जवरजस्ति हेर्न जाँदा आफ्रनै छोराको मृत शरिर देखेको ।
१२. मृत शरीर रहेको आसपासमा अषाढ २ गते विहानै करिव ५ः३० तिर दुई तिनजना मान्छे ओहोर दोहोर गरेको मन्थलीनपा १२ (साविक गेलु वडा नं. २ रजईटोल ) का ईश्वरी कार्कीले घरवाटै देखेको र किन आज यसरि मान्छे ओहोर दोहोर गरेको,वाँदरले मकै खान लाग्यो र लखेट्न खोजेको हो कि क्या हो अघि पछि यस्तो हुँदैनथ्यो जस्ता शंका उपशंका उव्जेको निज ईश्वरी कार्किले वताएको,
१३. त्यसैगरि घटना घट्नु अघिल्लो दिन अर्थात अषाढ १ गते वेलुका करिव १०ः०० वजे सिक्राल निवासी विमला (कार्कि) वुढाथोकी ले शंकास्पद रुपमा सेरावेसि गोठको आसपास वत्तिवालेर ओहोर दोहोर गरेको देखेको र किन आज यस्तो भयो भनि शंका मानेको,
१४.प्रतिवादि प्रशुराम वुढाथोकीले घटना घटेको केही दिन पछि समाजका केही व्यक्तिसँग समाजले के भन्छ है,काले कसरी मरेको भन्छ, मैले समाजमा के उत्तर भनु,प्रहरिले घटन मुचुल्का के उठायो होला,घटना सम्वन्धमा किटानी जाएरी दिएको छ छैन होला जस्ता संकास्पद प्रश्नहरु समाजका केही व्यक्तिसँग गरेका,े साथै अघि पछिको समय भन्दा निज प्रतिवादिको वानि,व्यवहार,आचरण,स्वभाव,कार्यशैलि,चेहरा(मुहार) जस्ता आचरणहरुमा पुरै परिर्वतन देखिएको,
१५. प्रतिवादि प्रशुराम वुढाथोकीको छोरा भूमिराज वुढाथोकीले सार्वजनिक स्थलमै गाँउ समाजका व्यक्तिलाई ऋष,आवेगमा आई गालिगलौज गर्ने,हत्याको सूचना सम्प्रेषण गर्ने व्यक्ति माथि धावा वोल्दै एउटा लाश गयो अरु वाँकि दुई वटा लाश जान वाँकि छ भन्ने जस्ता उत्तेजनात्मक रुपमा प्रस्तुत हुने,
मृतक राजकुमार वुढाथोकीलाई हत्या गर्नुका कारणहरु निम्नानुसारका हुन सक्छन् । जुन कारणहरुमा पनि मृतकका परिवार लगाएत हाी सवैको साझा सहमति रहेको हुँदा सहि छाप सहित पेश गर्दछौँ ।
१. मृतक राजकुमार वुढाथोकीले प्रतिवादी प्रशुराम वुढाथोकीको घरमा केहि दिन अघि पनि करिव ६र७ दिन काम गरेको र सो घटना भएको अघिल्लो दिन अर्थात अषाढ १ गते पनि विहानै देखि काम गरेको र सोही दिन काम गर्न जानु भन्दा अघि विहानै मृतकले चप्पल थोत्रो भएको छ चप्पल किन्न पैसा दिनु भनेर मृतकले आमा भैरव कुमारी वुढाथोकीसँंग पैसा माग्दा आमाले अहिले म सँग छैन काम गरिरहेको ठाँउमा नै माग्न भनि मृतकको आमाले भने पछि उ सरासर काम गर्न गएको र दिँउसभरि काम गरि वेलुका सेरावेसी भन्ने एकान्त गोठमा गोठ मालिक प्रतिवादि प्रशुराम वुढाथोकी,निजकै घरमा काम गर्ने काजि पाण्डे,मृतक राजकुमार वुढाथोकी र रामशरण वुढाथोकी सहित वेलुका करिव ८र९वजेसम्म चार जनासँगै मध्यपान गरि वसेको र त्यसपछि रामशरण वुढाथोकीले मलाई भयो अव म सुत्न जान्छु तँ जान्नस भतिज भनि मृतक राजकुमार वुढाथोकीलाई सोध्दा म जान्नतँ जा सुत्न म यहिकाजि (वाले) पाण्डे सँग सुत्छु भनि मृतकले भनेसि रामशरण वुढाथोकी सुत्न गएको र त्यसपछि वाँकी मृतक सहित तीन जनाले वनिरहेको अण्डा सँग थप मध्यपान गरेर उनीहरुलाई अलि वढि नशा लागेको हुन सक्छ त्यसपछि नगद लेनदेनमा गोठ मालिक प्रतिवादि प्रशुराम वुढाथोकी र मृतक राजकुमार वुढाथोकीबीच विवाद आएपछि हुत्ता हुत्ती गरि मृतकको एउटा हर खुस्केको छ तर हरमा केहि पनि गम्भिर चोटपटक नलागेको तथा रगत पनि नलागेको हँुदा हर हुत्ता हुत्ती गरि खुस्केकै हुन सक्छ त्यसपछि यसलाई उपचार गर्नुका साथै यसका सवै अपांग परिवारलाई समेत पाल्नुपर्ने हुन सक्छ भनि निजलाई खप्परमा गम्भिर चोट लगाई हत्या गरेको हुन सक्छ भनी मृतकको आमा लगायत सिंगो परिवारको विश्वास छ ।
२. केही समय अघि पनि गोठ मालिक प्रतिवादि प्रशुराम वुढाथोकीलाई मृतक राजकुमार वुढाथोकीको वुवा कान कम सुन्ने लड्याप्रो,सुस्त मनस्थितिको करिव वर्ष ६५ को भैरव कुमार वुढाथोकीले केही नराम्रो शव्द वोलिरह्यो भनेर उनै प्रतिवादि प्रशुराम वुढाथोकीले सेरावासि गोठवाटै दौडेर आई एक्कासि घरमा भएको व्यक्तिलाई मरनासन्न हुने गरि पिटेको गाँउ समाज जो कोहीलाई था भएको हुँदा अहिले नि मृतक राजकुमार वुढाथोकीलाई उसैले हत्या गरि करिव ३०० मि. अग्लो भिरमा लडेर मरेको भनि प्रपञ्च रच्ने हिसावले योजना वद्ध ढंगवाट लाश लगेर राखेको हुन सक्छ र सोहि अनुसार मृतकको वहिनी सन्तोषि वुढाथोकीले अषाढ ९ गते किटानी जाहेरी दिएको हुँदा सो किटानी जाहेरी गरे वमोजिम यथासिघ्र अनुसन्धान गरि थप प्रमाण संकलन गरेर हत्यारालाई कारर्वाही गर्नु पर्नेमा किन ढिलासुस्ती भयो भनि मृतकका परिवारका सदस्य सहित हाही समाजका व्यक्तिहरु थप प्रमाणको रुपमा उपस्थित जुनसुकै वेला पनि सो घटना घटना हत्या नै हो भनि भन्न तयार छौँ र हत्यारालाई कार्वाही हुनुपर्छ भनेर पीडितले न्याय पाओस भनि सहि छाप गरि सम्वन्धित निकायमा पठाउन राजि भएका छौँ ।
यि माथि उल्लेखित प्रयाप्त प्रमाणहरु रहेता पनि यो सामाजिक अपराधलाई विषयान्तर गर्दै अपराधि छुट्ला भनि मृतकका परिवार सहितका ५०, ६० जना छरछिमेकीहरुको समूह यहि अषाढ १६ गते वुधवारका दिन डेलिगेशन जिल्ला प्रहरी कार्यलय, मन्थली गई सवैले मौखिक जानकारी गराएको, फोन वा अन्य मार्फत पनि मौखिक र लिखित रुपमा पनि पटक पटक ध्यानाकार्षण गरेको र अषाढ २२ गते जिल्ला प्रशासन कार्यलयमा जाहेरीवाला स्वयम् उपस्थित भई ध्यानाकर्षण पत्र समेत दिएको ।
यति धेरै प्रमाण,संकेत र कारणहरु हुँदाहुदै पनि हाल सम्म घटनास्थल लगायत, रक्सी खाएको स्थान वरपर र अन्य शंकास्पद स्थानहरुमा कुकुर लगायत विशेष प्रविधिको प्रयोग नगरिएको, कल डिटेल भएको भन्ने भनिएको तर अषाढ १ गते देखिको रेकर्ड नभएको, फरेन्सी परीक्षण भएको खवर प्राप्त भएको तर मृतकका परिवारमा सन्तुष्ट हुने आधार नभएको,पक्राउ परेका दुई जनालाई नै संगै राखेको तथा दुवै जनालाई नै एक अर्कामा वाँधिने गरि प्रश्न प्रति प्रश्न गरि सोधपुछ गर्न कडाई नगरेको ,आफन्तलाई भेटघाट गर्न दिएको,मृतकको रगत चिउँडो भन्दा मुनि शरिरको अन्य कुनै अंगमा नलागेको तथा लत्ताकपडामा समेत नलागेको हुँदा त्यो रगत कहाँ छ भनि अझै सम्म पत्ता नलगाईसकेको,घटना घटेको शंकास्पद क्षेत्र (प्रतिवादीको गोठ) वा लाश राखिएको ठाँउ आसपासमा सिल गरि गम्भिर भएर अनुसन्धान नगरिएको लगायतले गर्दा अनुसन्धानमा कमी भएको भन्ने चिन्ता हामी आम छरछिमेक तथा गाँउलेलाई भएकोले पक्राउ परेको हत्यारा प्रहरी अनुसन्धानवाट उम्किने त होइन भनि यो समाज सवै सशंकित भएको अवस्था छ ।
यसर्थ, यस जघन्य हत्यालाई कहि कतै बाट लुकाउने, छिपाउने, घटनालाई तोड मोड गरि लडेको भन्ने देखाउने, हत्यारालाई उन्मुक्ती दिलाउने कोशिसहरु विभिन्न तह र तप्काबाट समेत भएको अप्रत्यक्ष जानकारीहरुसमेत बाहिर आईरहेको सन्दर्भमा यस्ता घटनाको निष्पक्ष छानबिन मार्फत हत्यारालाई छिटो कारवाही गर्न माथि उल्लेखित व्यहोरा, विधि तथा प्रक्रियाको आधारमा अनुसन्धानवाट प्रमाणहरु संकलन गरि कानून बमोजिमको कारवाहीको लागि हामी विशेष अनुरोध गर्दछौ । साथै,हामी सम्पूर्ण गाउ समाज अत्यन्त धैर्यताका साथ न्याय प्राप्तिका लागि यहाँहरुको निश्वार्थ,निश्पक्ष सहयोगको अपेक्षा राखेका छौ ।
नोटः साथै आवस्यकता अनुसार परिवारले प्रमाणहरुमा मृतकसँग सम्वन्धित फोटाहरु, भिडियोहरु,विभिन्न व्यक्तिसँग गरिएकाकल रेकर्ड चाहिएमा उपलब्ध गराउने छौँ ।
ध्यानाकर्षण गराइएका निकायहरु
१.जिल्ला प्रशासन कार्यलय, रामेछाप ।
२.जिल्ला प्रहरी कार्यलय, अपराध अनुसन्धान शाखा ।
३.सवै राजनितिक दलहरु ।
४.जिल्ला पत्रकार महासंघ ।
५.मानव अधिकार संग सम्वन्धित संघसंस्था
निवेदक
मृतकको आमा भैरव कुमारि वुढाथोकी …….
मृतकको वुवा भैरव कुमार वुढाथोकी …….
मृतकको वहिनी सन्तोषि वुढाथोकी ९८६७०६०९२६
मृतकको वहिनी सावित्रा वुढाथोकी………