सर्वोच्च अदालतको फैसला विरुद्ध रामेछापमा मसाल जुलुसहित प्रदर्शन (फोटोफिचर)



२ साउन, रामेछाप ।
प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध रामेछापमा राष्ट्रिय युवा संघले मसाल जुलुससहित प्रर्दशन गरेको छ । एमालेले सर्वोच्च अदालतको फैसला विरुद्ध देशव्यापी रुपमा विरोधको कार्यक्रम गर्ने नीति अनुसार युवा संघ रामेछापको आयोजनामा आज साँझ सदरमुकाम मन्थलीमा विरोध प्रर्दशन गरेको हो ।

युवा संघले मन्थलीको देवकोटा चोकमा प्रधानन्ययधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गरेको छ । युवा संघका स्थायी कमिटी सदस्य अमित कार्कीको नेतृत्वमा भएको मसाल जुलुस कार्यक्रममा युवा संघ रामेछापका अध्यक्ष गणेश बज्र लामा, जिल्ला उपाध्यक्ष सरेन्द्र बहादुर कार्की लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्