पार्टीमाथि घात गर्नेलाई अब ठाउँ छैनः मन्त्री ढुंगेल
४ साउन, काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पार्टीलाई घात गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन भोट हाल्नेलाई अब पार्टीमा ठाउँ नरहने बताएका छन् । उनले पार्टीको सूर्य चिन्हबाट निर्वाचित भएर रुख चिन्हमा भोट हाल्ने पार्टीलाई सांसदलाई अब कुनै पनि ठाउँ नरहेको बताएका हुन् । ढुंगेलले भने,‘पार्टीको नीति विपरीत आफ्नै पार्टीको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्ने सांसदलाई अब पार्टीले कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन ।’
पार्टीभित्र देखिएको विवाद समाधान गर्न कार्यदल स्तरमा भएको दस बुँदे सहमति विपरीत कम्युनिष्ट आन्दोलनलाई नै सकाउने गरी कांग्रेसको नेतृत्वमा सरकार बढाउन भोट हाल्ने पार्टीका सांसद अब एमाले हुन सक्दैनन, उनले भने ।
ढुंगेलले अब पार्टी सबै नेपाल समुहको विवाद र किचलोमा अलमलिएर नबस्ने बताउदै यस पटकको केन्द्रीय कमिटीको बैठकले सबै विषयको छिनोफानो गरी अगाडि बढने बताए ।