रामेछापमा २५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप



५ साउन, रामेछाप ।
रामेछाप जिल्लामा हालसम्म २५ हजार २ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको यस अवधिमा विभिन्न लक्षित वर्गका नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

रामेछाप जिल्लामा हालसम्म १८ हजार ८ सय ८९ जनाले कोभिसिल र ६ हजार ३ सय ४७ जनाले भेरासेल खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप न्युजलाई बताए ।

उनका अनुसार कोभिसिलको पहिलो खोप लगाएका २६ सय ४४ जनाले दोस्रो डोज लगाएका छन भने भेरोसल लगाएका मध्ये ७१ सय ३१ जनाले दोस्रो डोज लगाएका छन् । अहिले पनि जिल्लाको सबै स्थानीय तहमा खोप अभियान सञ्चालन भइरहेको छ । पछिल्लो चरणमा जिल्लामा ९ हजार खोप आएको बताउदै थापाले ५५ बर्ष माथिका नागरिकहरुलाई लगाउन सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्