सुनापति गाउँपालिकाले ठाउँठाउँमा सिसी क्यामेरा जडान गर्ने



१० साउन, रामेछाप ।
सुनापति गाउँपालिकाले गाउँपालिकाभित्र हुन सक्ने सम्भावित अपराधिक गतिविधिको निगरानी गर्नको लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । गाउँसभाले गाउँपालिका बजार क्षेत्रभित्र सुरक्षा व्यवस्था निगरानीका लागि सिसि क्यामेरा जडान गर्ने निर्णय गरेको हो ।

सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीको बजार क्षेत्रमा पहिलो चरणमा सिसी क्यामेरा जडान गर्ने योजना रहेका गाउँपालिकाका प्रवक्ता कमल केसीले रामेछाप न्युजलाई बताए । उनका अनुसार बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न गाउँसभाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हाल गाउँपालिकाको कार्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । त्यसैगरी गाउँपालिकाले इन्टरनेट सेवाको पहुँचमा बृद्धि गर्नको लागि १० लाख रुपैयाँ छुटयाएको छ ।

सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठले पहिलो चरणमा गाउँपालिकाको केन्द्र आसपासको बजार क्षेत्र र क्रमस अन्य सार्वजनिक क्षेत्रमा पनि सिसी क्यामेरा जडान गरिने नीति बनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्