चोरी मुद्दामा जेल सजाय पाएका रामेछापका एक बालक पक्राउ



१४ साउन, रामेछाप ।
डांका चोरी मुद्दामा तीन बर्ष ५ महिना जेल सजाय पाएर फरार रहेका रामेछाप लिखु तामाकोसी गाउँपालिका–५ चण्दुलीडाँडाका एक बालक पक्राउ परेका छन् । डाका चोरी आरोपमा जिल्ला अदालतल रामेछापले तीन बर्ष जेल ५ महिना कैद र ३५ हजार जरिवानाको फैसला गरेपछि ती बाकल फरार रहदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा धोवी डाँडाबाट पक्राउ गरेको हो । पक्राउ गरिएका १६ बर्षियक बालकलाई अदालतमा पेश गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ परेका बालकको पिसिआर परीक्षण गर्न पठाएको र कोरोना नभएको पुष्टि नभएको रिपोर्टपछि बालकलाई कारागार नभई बाल सुधार केन्द्र भक्तपुरमा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्