रामेछापको ठाउँठाउँमा पहिरो, मन्थली–सेलेघाट सडक खण्ड एकतर्फी सञ्चालनमा



१५ साउन, रामेछाप ।
रामेछाप जिल्लामा गएराती अविरल बर्षासँगै ठाउँ ठाउँमा पहिरो खस्दा सडक विरुद्ध हुन पुगेको छ । राजधानी काठमाडौं जाने मन्थली–सेलेघाट–खुर्कोट मुख्य सडक खण्डको तीन स्थानमा आएको पहिरोबाट अवरुद्ध हुन पुगेको थियो । अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार जिल्लाका झण्डै एक दर्जन स्थानमा साना ठूलो पहिरो गएको छ ।

राती ११ बजेटदेखि पहिरो आउदा मन्थली–सेलेघाट सडक अवरुद्ध बन्न पुगेको थियो । आज बिहान ४ बजेदेखि नै तीन वटा जेसिभी प्रयोग गरेर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याउन सफल भएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार मन्थलीबाट गेले फुलासी, साँघुटार जाने सडक खण्डमा पहिरो आएकोले सडक सुचारु गर्नको लागि जेसिभी प्रयोग गरेर काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्