पहिरोले लामोसाँघुबाट मन्थली आउने ३३ केभी प्रशारण लाइनको पोल ढल्यो



१५ साउन, रामेछाप ।
अविरल बर्षासँगै आएको पहिरोको कारण लामोसाँघु दोलखा हुँदै मन्थली आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको छ । देवीटार पारिपट्टी तामाकोसी नदी किनारामा रहेको प्रसारण लाइनको  पोल ढल्दा प्रसारण लाइन अवरुद्ध भएको हो ।

विहिवार दोलखाको सहरेमा पहिरो खस्दा पाँच वटा बिजुलीको पोल मध्ये एउटा पोल तामाकोसी नदीमा खस्दा बाँकी चार वटा पाेल पनि  नदीमा लत्रिएकाे नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले रामेछाप न्युजलाई जानकारी दिए ।

पोल नदीभित्र खस्दा प्रसारण लाइनको तार लत्रिएको छ, उनले भने । पहिरोको कारण अवरुद्ध हुन पुगेको प्रसारण लाइन बनाउने कार्यमा आफूहरु जुटेको बताउदै आज साँझसम्म पोल बगाएको ठाउँमा नयाँ पोल राख्ने तयारी भएरहेको दाहालले बताए ।

‘नदी किनारामा भएको कारण काम गर्न कठिन छ, तर हामीले सकेसम्म आज नै बनाउने गरी जनशक्ति परिचालन छौं’, उनले रामेछाप न्युजसँग भने,‘लामोसाँघुबाट आउने विद्युत अवरुद्ध भएपनि ढल्केबर मार्फत आइरहेको बिजुलीबाट जिल्लाभित्र बिजुली बलिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्