जलविद्युत आयोजनाले बस्ती डुबाउने भन्दै रामेछापमा माझी समुदायको विरोध प्रदर्शन (फोटोफिचर)



१७ साउन, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थली नै डुबानमा पर्ने गरी अध्ययन भइरहेको करिब एक हजार मेगावाटको सुनकोसी–२ जलाशययुक्त जलविद्युत आयोजनाले बस्ती डुबाउने भन्दै माझी समुदाय विरोध सुरु गरेका छन् । जलविद्युत आयोजना निर्माणको लागि आइतवार सदरमुकाम मन्थलीमा राखिएको सार्वजनिक सुनुवाई कार्यक्रम माझी समुदायको विरोधको कारण सुरु नै नभई स्थगित भएको छ ।

बागमती प्रदेशका सांसद रिता माझीको नेतृत्वमा मन्थलीमा भेला भएका माझी समुदायले आयोजनाको विरोध गर्दै नारावाजी गरेका थिए । आयोजना निर्माण भएको अवस्थामा माझी समुदायको घरवास मात्र होइन संस्कृति समेत लोभ हुने भन्दै आयोजना निर्माणप्रति आपत्ति जनाएका हुन् । रामेछापको हात्तीटार, गढवारी, गाईखुरा, भटौल्ी लगायतका गाउँबाट मन्थली आइपुगेका माझी समुदायले मन्थली बजारमा प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

माझी समुदायले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र परम्परालाई पैसामा तुलना गर्न नसकिने बताउदै कुनै पनि हालतमा आयोजना निर्माण गर्न नहुने माग गरेका थिए । आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन बारेमा नागरिकको सल्लाह सुझाव र प्रतिक्रिया लिन मन्थलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्न लागेको थियो ।

विद्युत विकास विभागका इन्जनियर सुभाष थपलियाले स्थानीयनको प्रतिक्रिया बुझ्नको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्न लागिएकोमा त्यसको विरोध भएकोले कार्यक्रम स्थगित जानकारी दिए ।

जलासययुक्त सुनकोसी जलविद्युत आयोजना निर्माण रामेछाप र सिन्धुलीका बस्ती डुवानमा पर्ने छन् । सिन्धुली र रामेछापको सीमा नदी सुनकोसीको चाकुटारमा १ सय ६१ मिटर अग्लो बाँध बनाएर पानी जमाउँदा तामाकोसीमा खिम्ती खोलाको दोभानसम्म पानी भरिने अध्ययनले देखाएको छ । आयोजनाले रामेछापको सदरमुकाम मन्थलीमा रहेको विमानस्थल, जिल्लाका सरकारी कार्यालय, सडक मार्गलगायत डुब्नुमा पर्नेछ ।
आयोजना बन्न दिदैनौः माझी
वागमती प्रदेश सभा सदस्य रीता माझीले सुनकोसी–२ जलविद्युत आयोजना कुनै पनि हालतमा अघि बढ्न नदिने चेतावदी दिएकी छिन् ।

माझी उत्थान संघले आइतबार रामेछापको मन्थलीमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गदै उनले माझी समुदायलाई उठिवास बनाउने आयोजना बन्न नदिने बताएकी हुन् । आयोजनाले केही मुआब्जा दिएपनि पैसाले भाषा, धर्म, संस्कार, सस्कृति र पहिचान किन्न नसकिने बताउदै माझीले तामाकोसी र सुनकोसी नदी किनासको सभ्यता र संस्कृति माझी समुदायले जोगाएर राखेको बताइन ।

प्रतिक्रिया दिनुहोस्