एमालेको विवाद मिलाउन भोली ओली र नेपालबीच भेटवार्ता हुने



१८ साउन, काठमाडौंं  । पार्टीमा देखिएको जारी विवाद मिलाउनका लागि मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटघाट हुने भएको छ । आफ्नो आफ्नो समूहमा छलफल गरेर पुन विघटित कार्यदलको पलहमा छलफल भएपछि मंगलबार अध्यक्षलाई भेट्न नेपाल तयार भएको एक नेताले बताए ।

PM KP Oli-Maddhav Nepal Meeting

‘रातभरीमा कुनै नाटकीय परिवर्तन भएन भने भोलि अध्यक्ष ओली र नेता माधव नेपालबीच भेट हुने भएको छ ।विगतको दश बुँदे सहमतिका आधारलाई टेकेर त्यसमा आवश्यक फेरदल गर्ने जिम्मा दुई नेतालाई दिने विगतको कार्यदलले निर्णय गरेको थियो । अध्यक्ष ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएर र नेता नेपालको प्रस्तावमा अध्यक्ष ओली सहमति भएर नै भेटघाट तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्