रामेछापमा ४३ हजार ८५१ जनाले लगाए कोरोना भाइरस विरुद्धको खोप
१९ साउन, रामेछाप ।
रामेछाप जिल्लामा हालसम्म ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका छन् । कोभिसिल, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी ४३ हजार बढीले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लामा प्राप्त खोपको आधारमा आठ वटै स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालन गरिरहेको रामेछाप न्युजलाई बताए । हालसम्म जिल्लभित्र १८ हजार ८८९ जनाले कोभिसिल खोप लगाएकोमा २६ सय ४४ जनाले दोस्रो जोड लगाएका छन् ।
त्यसैगरी १२ हजार ७३ जनाले भेरोसेल खोप लगाएकोमा १९ सय ३५ जनाले दोस्रो डोज लगाएका छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार ८ हजार ८३ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् । उक्त खोप एक डोज मात्र लगाए पुग्नेछ । थापाले स्वास्थ्य मन्त्रालयसँग थप खोपको माग गरिएको जानकारी दिए ।