बालिकालाई बाल यौन दुरुपयोग गरेर फरार रामेछाप एक युवक मध्ये रातमा पक्राउ



२० साउन, रामेछाप ।
एक बालिकालाई बाल यौन दुरुपयोग गरेको आरोपमा जिल्ला अदालतबाट जेल सजाय सुनाइएका रामेछापका एक युवक मध्ये रातमा पक्राउ परेका छन् । बालिकालाई बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछाप जिल्ला अदालतबाट २०७७/११/१२ गते ६ महिना कैद र १० हजार जरिवाना सजाय सुनाइएको थियो ।

पाँच महिनादेखि फरार रहदै आएका मन्थली नगरपालिका–१२ गेलु बस्ने बर्ष २३ को सुरज भुजेललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले विशेष सूचनाको आधारमा भुजेललाई उनकै घरबाट प्रहरीले मंगलवार राती पक्राउ गरेको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्