रामेछापमा कोरोना संक्रमणको ग्राफ बढयो,४१ जना अस्पतालको आइसोलेसनमा



२० साउन, रामेछाप ।
रामेछाप जिल्लामाभित्र बढदै गएको हेलचेक्रयाइँको कारण कोरोना संक्रमणको ग्राफ बढदै गएको छ । जिल्लाभित्र भिडभाड बढदै जाँदा संक्रमणको ग्राफ पनि उकालो लागेको हो । जिल्लाका आाठ वटै स्थाानीय तहमा संक्रमणको ग्राफ बढदै गएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लामा हाल २१३ जना होम आइसोलेनमा र ४१ जना विभिन्न अस्पतालको आइसोलेनमा उपचार भइरहेको छ ।

होम आइसोलेनमा र अस्पतालको आइसोलेनमा गरी हाल जिल्लामा २ सय ५4 जना कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य मापदण्डको पालना नगर्ने, मास्क नलडाउने, भिडभाड गर्ने लगायतको कारणले जिल्लाभित्र विस्तारै कोरोना संक्रमणको ग्राफ बढदै गएको छ ।

हाल मन्थली नगरपालिकामा ५५, रामेछाप नगरपालिकामा ६३, उमाकुण्ड गाउँपालिकामा ६, खाँडादेवी गाउँपालिकामा ४२, गोकुलगंगा गाउँपालिकामा ४३, दोरम्बा शैलुङ गाउँपालिकामा ३,लिखु तामाकोसी गाउँपालिकामा १९, सुनापति गाउँपालिकामा २ जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्